शिवमाया नेकपाको केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केही दिनअघि मात्रै संसदको उपसभामुख पदबाट राजीनामा दिएकी शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। मंगलबार बसेको सचिवालय बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेको प्रचार विभागका उपप्रमुख सूर्यथापाले जानकारी दिए।

शिवमायाले उपसभामुख बनेपछि पार्टी सदस्यता त्याग गरेकी थिइन्। सभामुख र उपसभामुखपदमा निर्वाचित भएपछि दलगत आवद्धता त्याग्नुपर्ने संवैधानिक प्रावधान छ। पार्टीले केन्द्रीय सदस्य मनोनित गरेपछि बुधबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा उनले भाग लिन पाउने छिन्। उनी एकीकरण भएर नेकपा बन्नु अघि एमालेकी केन्द्रीय सदस्य थिइन्।

एउटै पार्टीबाट सभामुख र उपसभामुख बनाउन नपाइने संवैधानिक प्रावधानका कारण पार्टीले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि तुङ्बाहाम्फेले राजिनामा दिएकी थिइन्।

अन्य सम्बन्धित समाचार:  एकै दिनमा १२८१ जनामा संक्रमण पुष्टि, ८ जनाको मृत्यु