चलचित्र सङ्घले पायो पूर्ण पदाधिकारी

काठमाडौं। चलचित्र वितरक तथा चलचित्र हल मालिकको संस्था नेपाल चलचित्र सङ्घको विभिन्न पदाधिकारीहरू चयन भएका छन्। मङ्गलबार अध्यक्ष पछिको विभिन्न पदाधिकारीहरू चयन भएको हो।

गत साता सङ्घको अध्यक्षतामा मधुसुदन प्रधान निर्विरोध चयन भएका थिए। भने सङ्घको बाँकी पदाधिकारीहरूको चयन हुन बाँकी थियो। गत पुस २५ मा सम्पन्न भएको सङ्घको ४७ औँ वार्षिक साधारण सभाबाट १३ जना केन्द्रिय सदस्य चयन भएका थिए। तिनै १३ जनाबाट मङ्गलबार विभिन्न पदाधिकारीहरू चयन गरिएको सङ्घका अध्यक्ष प्रधानले बताएका छन्।

४७ वर्ष अगाडि स्थापना भएको यो चलचित्र संस्था सबभन्दा पुरानो संस्था हो। यस चलचित्र सङ्घको प्रथम उपाध्यक्षमा अर्जुन श्रेष्ठ, द्वितीय उपाध्यक्षमा कुवेर शर्मा, तृतीय उपाध्यक्षमा त्रिरत्न मानन्धर चयन भएका छन्। यस्तै महासचिवमा अशोक शर्मा र उपमहासचिवमा गोपालकाजी कायस्थ  र कोषाध्यक्षमा देवेन्द्र खड्गी चयन भएका छन्।

सङ्घको केन्द्रिय सदस्यहरूमा क्रमश भाष्कर ढुङ्गाना, गोविन्दबहादुर शाही, कपिलप्रसाद दुवा, कैलाश ढकाल, निरज कार्की, निरज गुप्ता र विक्रम पराजुली चयन भएका छन्।