नेकपा केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बुधबार बिहानबाट राष्ट्रियसभा गृहमा केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक सुरु भएको हो। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा नअटाउने भएपछि राष्ट्रिय सभागृहमा बैठक राखिएको हो।

बैठकको सुरुवातमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहेका छन्। बैठकमा आजै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्ने छन्। महासचिवले संगठन तथा विधान संशोधन प्रस्ताव पेश गर्नेछन्।

आमन्त्रित स्थायी समिति सदस्यसहित केन्द्रीय समिति बैठकमा ४४७ सदस्य सहभागी हुनेछन्।

अन्य सम्बन्धित समाचार:  ७० करोड घुस काण्डमा मुछिएका बाँस्कोटा सार्वजनिक लेखा समिति सदस्य बने