काठमाडौं। नेपाली कला जगतका हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस)ले आफ्नो प्रदर्शनमा आउन लागेको फिल्म ‘सेन्टी भाइरस’को प्रचारको लागि ५० हजार सवारीमा फिल्मको पोस्टर टाँस्ने भएका छन्। भर्खरै मात्र राजधानीमा एक कार्यक्रमबीच ट्याक्सी संघमार्फत ट्याक्सीमा पोस्टर टासेर प्रचार अभियान सुरुवात गरेका हुन्।
सो कार्यक्रममा कलाकार सिताराम कट्टेल र बुद्धि तामाङ सँगै अन्य कलाकारहरुले ट्याक्सीमा दर्जन भन्दा बढि पोस्टर टाँसेका थिए। सोही कार्यक्रम मार्फत फिल्मबाट उठेको रकमको ५० प्रतिशत रकम गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा खर्च गर्ने कलाकार सिताराम कट्टेलले घोषणा गरेका छन्।
आगामी फागुन ९ गतेबाट प्रदर्शनमा आउने यस फिल्मलाई आम दर्शकले माया गरेर हेरिदिन कट्टेलले आग्रह गरेका छन्। ‘सेन्टी भाइरस’ लाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्।
यस फिल्ममा सिताराम कट्टेल (धुर्मुस) सँगै कुञ्जना घिमिरे (सुन्तली), दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल लगायतका कलाकारहरूको अभिनय रहेको छ।