सरकारले तीव्र गतिमा काम गरेको छः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीव्र गतिमा काम गरिरहेको दावी गरेका छन्। बुधबार राष्ट्रिय सभागृहमा सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रिय कमिटी बैठकमा बोल्दै अध्यक्षसमेत रहेका ओलीले सरकार गठन भएदेखि विविध क्षेत्रमा उत्साहजनक रुपमा काम गरेको दावी गरेका हुन्।

‘सरकारले काम नगरेको होइन, काम हुँदै नभएको होइन, हुँदै छन्,’ उनले भने, ‘नारायणी नदीमा छिटै क्रुज चल्ने तयारीमा छ। एकै दिनमा काम भइहाल्दैन नि विस्तार हुने हो हुँदैछ।’ उज्यालो नेपालको अभियान अन्तर्गत २०७५ जेठदेखि नै देशभर लोड सेडिङ्ग मुक्त भएको भन्दै ओलीले भेरी बइब डाइभर्सनको बाँध निर्माण कार्य अघि बढ्नु सुखद् कुरा भएको दावी गरे।

अन्य सम्बन्धित समाचार:  बादलले आजै गृहमन्त्रीको पद तथा गोपनीयताको शपथ लिँदै

४० वर्षपछि त्रिभुवन विमानस्थलको पुननिर्माण गरिएको, देशभर विमानस्थल विस्तारको काम भइरहेको, पाँचवटा धावनमार्गको काम भइरहेको उनले बताए। कतिपय रात्रिकालीन सेवा पनि सुरु भइरहेको दावी उनले गरे।