‘ताज’ मेरो चाहना होइन, केवल बाहाना थियो: पूर्व मिस नेपाल निकिता चन्डक

काठमाडौं। फिल्म ‘साङ्लो’को प्रदर्शन मिति निजिकिदै गर्दा पूर्व मिस नेपाल निकिता चन्डकको मुटुको वेग बढेको छ। माघ २४ नजिकिँदै गर्दा निकिता एक हिसाबले मख्खपनि छिन्। कारण उनको हिरोइन हुने सपना यही फिल्मले पूरा गर्दै छ। फिल्ममा स्क्रिन सेयर गरेकी छिन् एक्सन स्टार विराज भट्टसँग।

सन् २०१७मा मिस नेपाल वल्र्डको ताज जितेकी निकिताले नेपाली पत्रिकासँगको कुराकानीमा भनिन्,‘मिस नेपाल हुने मेरो पहिलो प्राथमिकता थिएन। यद्यपि अभिनय क्षेत्रमा आउन मिस नेपालको प्ल्याटर्फम छनौट गरेकी थिएँ’।

फिल्म‘साङ्लो’ अन्ततः प्रदर्शनको तयारीमा छ। तर, यसअघि भने निकिताको हिरोइन बन्ने सपनामाथि तुसारापात भयो।
उनि दशलाख पारिश्रमिक सहित फिल्म ‘रानीमहल’मा अनुबन्ध भइन। तर, उक्त फिल्मबीचैमा रोकियो। उनको हिरोइन बन्ने हतारोको निर्णय एकाएक निराशामा बद्लियो।

तर, अबभने उनि ढुक्क छिन्। फिल्म‘साङ्लो’बाट सुखद अभिनय करियरको थालनी हुँदै छ। ‘आठ वर्षदेखि हिरोइन बन्ने सपना जब विपनामा परिणत हुन्छ, त्यसले मुटुको तेज बढाउँदो रहेछ। जीवनमा उत्साह थप्दो रहेछ,’ निकिता थप्छिन्,‘ प्रदर्शन मिति निजिकिँदै गर्दा दर्शकको प्रतिक्रिया कस्तो आउला, पर्दामा आफ्नो कामकाबारेमा के होला भन्ने विषयले कताकता डर अनि कताकता कौतुहलतापनि छ।’

अन्य सम्बन्धित समाचार:  अनमोललाई ७५ लाख अफर गरेको फिल्मको यस्तो छ नाम!

फिल्मले यस अघि सार्वजनिक गरेका प्रचारात्मक सामाग्रीहरू गीत र ट्रेलरबाट फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ। यसबाट फिल्मप्रति दर्शक अपेक्षा उच्च छ भन्ने अनुमान लगाउन सकिन्छ। सँगै नव–अभिनेत्री निकिता चण्डकमा पनि फिल्मको ब्यग्र प्रतिक्षा छ।

‘गीत, ट्रेलर, पोस्टर लगायत सामाग्रीबाट जुन प्रकारको प्रतिक्रिया आइरहेको छ यसले दर्शकमा उच्च अपेक्षा रहेका महसुस गरेकी छु सँगै मेरो पनि अपेक्षा उच्च नै छ,’ निकिता मुसुक्क हास्छिन्।

जीवनमा अभिनेता विराज भट्टसँग स्क्रिनमा काम गर्न पाउनुलाई उनी भाग्यमानी ठान्छिन्। फिल्ममा अनुबन्ध हुनअघि विराज स्वयंले निकितालाई स्क्रिप्ट पढेर सुनाएका थिए। यससँगै एक्सन स्टारसँग स्क्रिन सेयरको कुराले ऊ बेला निकिताउत्साहित थिइन्।

‘विराजजीलाई भेटनासाथ निकै नै ट्यालेन्ट कलाकार भएको महशुस गरेँकी थिँए, र लाग्यो जीवनमा यदि कुनै फिल्मबाट डेब्यु अर्थात् कलायात्रा प्ररम्भ गर्नु नै छ भने यही समय उचित हो, फिल्म नै मेरो डेब्यु को शुभसाइत हो,’विराज भट्टसँगको पहिलो भेट स्मरण गर्छिन निकिता।

अन्य सम्बन्धित समाचार:  अनमोललाई ७५ लाख अफर गरेको फिल्मको यस्तो छ नाम!

विराजसँगको भेटमा निकिताले स्क्रिप्ट सुनिन्। उनलाई लाग्यो, यो फिल्म बनेपछि आफै हलमा गएर हेर्न मन लाग्छ होला। अनि कल्पना गरिन्, – ‘हिरोइन् हुने सपना अब चाहिं पूरा हुने भयो।’

निकितालाई थाहा थियो विराज नेपाल र भोजपुरी क्षेत्रका एक्सन स्टार हुन् भनेर तर, उनले विराजका फिल्मभने हेरेकी रहिनछिन्। तरपनि विराजसँगको कामले आफुलाई धेरै कुरा सिक्न पाएकोमा उनी धन्य छिन्। ‘उहाँले कामलाई सहजर सरल बनाइदिनुभयो। कहिल्यै नयाँ हौं, जुनियर हौ भन्ने भावमा कुनै व्यवहार गर्नु भएन।’उनी विराजको तारिफ गर्छिन।

फिल्म हल प्रवेशको तयारीमा छ। निकिताको अभिनय यात्रा धेरथोर यही फिल्मले गर्छ पनि तर, फिल्म प्रदर्शनअघि नै आफूलाई अन्य फिल्मबाट अफर आइसकेको सुनाउछिन् निकिता।

‘साङ्लो छायांकनको समयबाट नै अफर आइरहेका छन्। तर हतार गरेर भन्दापनि, आफ्नो कामको आफैले मूल्याङ्कन गरौं,’ निकिताले अन्तमा भनिन्, ‘आफ्नो कमीकमजोरी के रहेछ थाहा पाएर, सुधार गर्नुपर्ने पक्षलाई आत्मसाथ गरेर मात्र अन्य अफर र करियरका बारेमा निर्णय गरौं भन्ने सोचमा छु।’