पोर्चुगलमा राईको सांस्कृतिक कन्सर्ट हुने

लिस्वन। चर्चित गायक राजेश पायल राई पोर्चुगल जाने भएका छन्। एक विशेष कार्यक्रमका लागि गायक राई पोर्चुगल जान लागेका हुन्। किराँत राई समाज पोर्चुगलले फेबु्रअरी ९ तारिखका दिन गर्न लागेको कार्यक्रममा गायक  राई लगायत अन्य कलाकारहरुको कन्सर्ट र सांस्कृतिक कार्यक्रममा प्रस्तुति हुनेछ। विशेषत् नेपालीहरुलाई केन्द्रित गरी गर्न लागिएको कार्यक्रमले एकदिन भएता पनि कामको थकान भुलेर नेपालीहरु कार्यक्रममा झुल्ने आयोजकको अपेक्षा रहेको छ।

पोर्चुगलमा विभिन्न कार्यक्रमहरु हुने भएता पनि प्रेम दिवसको संघारमा हुने यस कार्यक्रम लिस्वनको काइस दो सुद्रे नजिकै रहेको टाईम आउटको हलमा हुनेछ । कार्यक्रममा सहयोग स्वरुप प्रवेश शुल्क १५ युरो निर्धारण गरिएको छ ।

अन्य सम्बन्धित समाचार:  अनमोललाई ७५ लाख अफर गरेको फिल्मको यस्तो छ नाम!