रसुवागढी र तातोपानी नाका भएर चिनिँया पर्यटक आउन नपाउने

Latest Nepali News, Politics, Videos, Entertainment & Sports

काठमाडौं। रसुवागढी र तातोपानी नाकाबाट पर्यटकको आवागमन १५ दिनलाई बन्द गरिएको छ। चीनमा कोरोना भाइरसको संक्रमण फैंलदैं गएपछि चिनियाँ पर्यटकको आवातजावतबाट भाइरसको संक्रमण फैलिनसक्ने भएकाले पर्यटकको आवागमन रोकिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले नेपाली पत्रिकालाइ बताए।

‘मुख्यगरि कोरोला भाइरसको कारण बन्द गरिएको हो, त्यसको साथै उताबाट यता आउने बाटो समेत बिग्रेको छ र तिव्वतमा स्थानीय चाड (ल्होसार) समेत परेकाले बन्द गरिएको हो’ उनले भने।

कोरोना भाइरस मानिसबाट सहजै मानिसमा सजिलै सर्ने भएका कारण चीनबाट नेपाल आउने पर्यटकको आवागमन बन्द गरिएको हो ।

अन्य सम्बन्धित समाचार:  गृहमन्त्री बादल थापाको राष्ट्रिय सभाको संसद पद गुम्यो