काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को महाधिवेशन २०७७ चैत्र महिनाको अन्तयमा गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेश गरिएको छ। बुधबार शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा महाधिवेशनको मिति प्रस्ताव गरिएको बुझिएको छ।
त्यसअघि आगामी भदौदेखि मंसिरसम्ममा सबै स्थानीय तह र प्रदेशका अधिवेशन सम्पन्न गर्ने प्रस्ताव समेत पेश भएको बताइएको छ । एकता महाधिवेशनलाई कतिऔं भन्ने टुंगो सम्भवतः केन्द्रीय कमिटी बैठकले लगाउने भएपनि महाधिवेशन र अधिवेशन अघि पार्टीले देशब्यापी विशेष अभियान सन्चालन गर्ने भएको छ। सो अभियानका क्रममा पार्टी र सरकारको पक्षमा जनमत निर्माण गर्ने राजनीतिक प्रतिवेदनमा उल्लेख छ।