शिक्षकले मदिरा पिएको भन्दै अभिभावकले विद्यालयमा ताला लगाए

रिदम सिंह। विद्यालयमा शिक्षकले जाँड रक्सी तथा मदिरा पिएको भन्दै अभिभावकहरुले विद्यालयमा ताला लगाएका छन्। मंगलबार दिउसो जयपृथ्वी नगरपालिका वडा नम्बर एक कैलासमा रहेको नारायण मावि पिमीमा अध्यापन गराउने शिक्षकहरुले जाँड रक्सी खाएर अभिभावकहरु संग गाली गलौज तथा हातपात गरेको भन्दै अभिभावकहरुले विद्यालयमा ताला लगाएका हुन्।

विद्यालयका शिक्षक ललीत ऐडी, विरेन्द्र खड्का र मिन बहादुर खड्काले आफु माथि हातपात र गालीगलौज गरेको विद्यालय ब्यावस्थापन समितीका सदस्य पन्द्र बहादुर सिहँले बताए।

दिउसो २ बजे नै विद्यालय बन्द गरेर विद्यालयमा नै बसेर रक्सी खाएको आरोप उनको छ। यस्तो नगर्न आग्रह गर्दा उल्टै आफु माथि हातपात र गाली गलौज गरेको सिहँले बताए। विद्यार्थिलाई नै रक्सी लिन पठाएर उनिहरुले विद्यार्थीहरु माथि खेडबाड गरेको आरोप उनको छ।

अन्य सम्बन्धित समाचार:  कोरोना नियन्त्रणका लागि वडाले थप दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने

नेपाली काँग्रेसका वडाकमिटी सभापती ईश्वर बहादुर सिहँ लगायतका ब्यक्तीहरु माथि शिक्षकले अभद्र ब्यावहार गरेका पन्द्र बहादुर सिहँले आरोप लगाएका छन्।

जसका कारण आफुहरुले बाध्य भएर विद्यालयमा ताला बन्दि गर्नु परेको उनले बताए। विद्यालयमा यस्तो अभद्र ब्यावहार गर्ने सबै शिक्षकहरुलाई विद्यालय बाट नै निस्कासन गरिनु पर्ने माग सहित विद्यालयमा अभिभावकहरुले निबेदन समेत दिएको उनले बताए।

यता शिक्षक ललीत बहादुर ऐडीले भने आफुहरु विद्यालयको छुट्टी भैसके पछि विद्यालय भित्रै शिक्षक सुत्ने कोठामा बसेर मासु चिउरा खादै गरेका र बाहीर बाट पन्द्र बहादुर सिहँ लगायतका केही अभिभावकहरुले आउन खोज्दा नआउन आग्रह गरेपछि लफडा सुरु भएको बताए।

स्थानीय तथा शिक्षक विरेन्द्र बहादुर खड्का र विद्यालय ब्यावस्थापन समितीका सदस्य पन्द्र बहादुर सिहँ विच बोलाबोल भएको र आफुले छुट्याउन खोज्दा आफुलाई समेत गालीगलौज तथा अभद्र ब्यावहार गरेपछि आफुले हातपात गरेको उनले स्वीकार गरे। विद्यालय समयमा मादक पदार्थ सेवन समेत नगरेको उनले बताए ।

अन्य सम्बन्धित समाचार:  श्रीमतीको हत्या गरेको अभियोगमा एकजना पक्राउ

यता विद्यालयका प्राध्यानाध्यापक ऐन बहादुर सिहँले उक्त घटना दिउसो विद्यालय समयमा नभएको बताएका छन्। विद्यालयमा अभिभावकहरुले ताला लगाएको स्वीकार गर्दै प्राध्यानाध्यपाक सिहँले विद्यालयमा टाढा घर भएका शिक्षकका लागी बस्ने ब्यवस्था गरेका कारण सोही कोठामा मदिरा खाएको हुन सक्ने बताए।

साथै उनले यस विषयमा अभिभावकहरु संग बुझ्दा शिक्षकलाई विद्यालय बाट हटाईनु पर्ने माग राखेको र त्यसका लागी शुक्रबार विद्यालय ब्यावस्थापन समितीको बैठेक बोलाईएको र त्यतीन्जेल सम्म विद्यालय बन्द हुने बताए।