हेर्नुहोस् गायक डम्बर नेपालीको ‘स्विटर फाटेको’ (भिडियोसहित)

काठमाडौं। चर्चित पप गायक डम्बर नेपालीको नयाँ गीत सार्वजनिक भएको छ। गायक डम्बरले बुधबार काठमाडौंको अनामनगरस्थित पत्रकार सम्मेलन गरेर ‘स्विटर फाटेको’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। 

गीतमा रचना, सङ्गीत र स्वर स्वयम् डम्बरको रहेको छ। भिडियोमा डम्बर, सम्झना रिमाल, विशाल घिमिरे, सोमु गुरुङ र जिना ब्रिजीको अभिनय रहेको छ।

गीतको एरेन्ज महाराज थापाले गरेका छन्। निर्देशक प्रवीन भट्टले भिडियोको निर्देशन तथा सम्पादन गरेका छन् भने अनिल के मानन्धरले छायाङ्कन गरेका छन्।

शब्द, सङ्गीत र स्वर तीनै विधामा सक्रिय डम्बरको तर, अन्तिम पल्ट भेट्न आउ, आज आकाशमा एउटा तारालगायत थुप्रै चर्चित गीतहरू बजारमा छन्।