गाडी भाडा अनुगमनमा खटिए प्रहरीका ४० युनिट

काठमाडौँ। ट्राफिक प्रहरीले सरकारी भाडादर लागू नगर्ने सार्वजनिक सेवाका सवारीसाधनलाई कारबाही गर्ने भएको छ। पहिलो चरणमा उपत्यकाभित्र चल्ने सार्वजनिक सेवाका सवारीसाधनमा अनुगमन गरिने भएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अनुगमनका लागि ४० युनिट परिचान भइसकेका छन्। प्रत्येक युनिटले प्रत्येक दिन कम्तीमा १० वटा गाडी अनुगमन गर्ने महाशाखाको योजना छ। एकै दिन चार सयवटा गाडीमा भाडादर लागू भएरनभएको सूचना संकलन हुनेछ।

भाडादर लागू नभएका सवारीसाधनलाई ट्राफिक प्रहरीले तत्कालन पाँच सयदेखि १५ सय रुपैयाँसम्म कारबाही गर्नेछ। नयाँ पत्रिकामा खबर छ।

अन्य सम्बन्धित समाचार:  कोहलपुर दुर्घटना: मृतक मध्ये ४ जनाको सनाखत