क्रिकेटर सोमपालले कसे प्रतिभासँग लगनगाँठो

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामीले विवाह गरेका छन्। कैलालीकी प्रतिभा घिमिरेसँग क्रिकेटर सोमपालले लगनगाँठो कसेका हुन्।

दुई परिवार र सीमित साथीभाइबीच सोमपाल र प्रतिभाले बिहीबार राजधानीको एक मन्दिरमा विवाह गरेका हुन्। उनीहरूले विगत ४ वर्षयता प्रेमसम्बन्धमा रहेका थिए।

नव–विवाहित दम्पतीलाई पूर्वकप्तान तथा राष्ट्रिय क्रिकेट खेलाडी पारस खड्काले शुभकामना दिएका छन्। उनले फेसबुकमा विवाहको फोटो पोस्ट गर्दै दुवैलाई शुभकामना दिएका छन्।

नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले आईसिसी विश्वकप लिग २ अन्तर्गत अमेरिका र ओमानसँगको त्रिकोणात्मक शृङ्खलाको तयारीमा रहेको छ। सोमपालको स्वास्थ्यमा समस्या आएपछि उनी भने अहिले आराम गरिरहेका थिए।

अन्य सम्बन्धित समाचार:  नेपाली क्रिकेट टोलीको घोषणा