भैरहवा। रुपन्देहीमा बोराले थिचिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ। बोराको थुप्रोले थिचिएर भारत बिहारका ३० वर्षिय सहजाद हुसेन, उनकी श्रीमती २८ वर्षिय सद्धव खातुन, ६ बर्षिय छोरा सुल्तान रजा र २ वर्षिय छोरी सहिना खातुनको मृत्यु भएको छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ पिपरहियामा आफैंले संकलन गरेर राखेको बोराले थिचेको अवस्थामा उनीहरुलाई बिहान मृत फेला पारिएको थियो। घरको सटर भित्र तीन तर्फका भित्तामा बोराको चाङ र विचको साँघुरो ठाउमा सुतिरहेका उनीहरुमाथि बोरा चिप्लीएर थिच्दा सास फेर्न नसकेर निसास्सिएर मृत्यु भएको आशंका गरिएको छ।
रुपन्देही प्रहरीका अनुसार हुसेन परिवारले विगत १५÷२० वर्षदेखि कवाडीका बोरा जम्मा गर्ने र बोरा सिलाएर विक्री वितरण गर्दै आएका थिए।