गैंडाको खागसहित दुई जना पक्राउ

काठमाडौँ। काठमाडौँको चाबहिलबाट गैंडाको खागसहित दुई जना पक्राउ परेका छन्। काठमाडौँको खड्गभद्रकालीका ४६ वर्षीय लव खत्री र बाजुराको बुढीगंगाका २२ वर्षीय दिनेश थापा रहेका छन्।

उनीहरुले चाबहिल एरियामा गैंडाको खाग २५ लाखमा बेच्न बार्गेनिङ गरिरहेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो।खत्री र थापाको शरीर तथा कोठा खानतलासी गर्ने क्रममा गैडाको खाग १ थान फेला पारी पक्राउ गरिएको महाशाखाले जनाएको छ।

उनीहरुलाई कारवाहीको लागि जिल्ला बन कार्यालय हात्तीसार पठाइएको छ।

अन्य सम्बन्धित समाचार:  एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु