नेकपा र कांग्रेस परित्याग गरि ५० बढि युवा राप्रपा प्रबेश

झापा। झापाको भद्रपुरमा विभिन्न पार्टी परित्याग गरी ५० भन्दा बढी नेता कार्यकर्ता राप्रपामा प्रवेश गरेका छन्। राप्रपा नगर समिति भद्रपुरको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच उनीहरु राप्रपा प्रवेश गरेका हुन्।

यसरी पार्टीमा प्रवेश गर्नेमा सत्तारुढ नेकपा, नेपाली कांग्रेस लगायत अन्य दलका नेता तथा कार्यकर्ता छन्। नव प्रवेशीलाई राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले अविर लगाएर सदस्यता प्रदान गरेका हुन्।

नव प्रवेशीलाई स्वागत गर्दै महामन्त्री लिङ्देनले पार्टीलाई बलियो वैकल्पिक शक्तिका रुपमा स्थापित गर्ने अभियानमा सबैको सहयोगको आवश्यकता रहेको बताए। उनले राप्रपा सकियो भन्नेहरूलाई लक्षित गर्दै भने, ‘दैनिकजसो सयौंको संख्यामा राप्रपा प्रवेश गर्नेको संख्या बढ्नु राप्रपा सकियो भन्नेहरुका लागि चूनौति हो। हामी पार्टीलाई वैकल्पिक शक्ति बनाउने अभियान छौं। हामीलाई विश्वास गर्दै जोडिन आउनु भएका सबैलाई स्वागत गर्न पाउँदा हर्षित छु।’ महामन्त्री लिंङदेनले झापामा मात्रै दैनिक दर्जन बढिलाई पार्टी प्रबेश गराउँदै आएका छन्।

अन्य सम्बन्धित समाचार:  वैशाख ११ गते धरहरा टावरको उद्घाटन गरिने

उसोत आफूलाई बैकल्पिक शक्ति बनाउन लागि परेको राप्रपाप्रति यतिबेला युवाहरुको आकर्षण पनि बढ्दै गइरहेको छ। राप्रपाले जातीय आधारमा भन्दा पनि क्षमता र योग्यताका आधारमा आरक्षण दिनु पर्ने माग राख्दै आएकाले पनि राप्रपामा प्रबेश गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको हो।

राप्रपाले आफूलाई हिन्दु राष्ट्र पुनर्स्थापनाको एजेण्डासहित बैकल्पिक शक्तिको रुपमा स्थापित गर्न देशव्यापि अभियान नै चलाइरहेको छ।