सुटिङका कारण रजनीकान्तलाई प्रकाउ गर्न माग

काठमाडौँ। बलिउडका सुपरस्टार रजनीकान्तलाई चर्चित टिभी सो मेन भर्सेस वाइल्डको सुटिङ नेशनल पार्कमा गरिएको भन्दै पक्राउ गर्न माग गरिएको छ।

रजनीकान्तले बान्दीपुरको नेशनल पार्कमा मेन भर्सेस वाइल्डको सो मा होस्ट वेयर ग्रिल्ससँग सुट गरेका थिए। उक्त नेशनल पार्क बाघ संरक्षण क्षेत्रको रुपमा पनि चिनिन्छ।
बाघ संरक्षणका व्यक्तिहरूले नै रजनीकान्तलाई प्रकाउ गर्न माग गरेका छन्। उनीहरूले सुटिङमा रहेका क्रुहरुका कारण त्यहाँका जनवारहरुलाई खतरा हुन सक्ने बताएका छन्।उक्त सोमा यस अघि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई देखाई सकिएको छ। यसको बारेमा भने अहिले सम्म रजनीकान्तले केही टिप्पणी गरेका छैन।