चीनका लागि हिमालय एयरलाइन्सका सबै उडान रद्द

काठमाडौँ। हिमालय एयरलाइन्सले चीनका लागि आफ्नो नियमित उडान तत्कालका लागि रद्द गरेको छ।एयरलाइन्सले विज्ञप्ती जारी गर्दै चीनको हुवेई राज्यबाट फैलिएको नोभल कोरोना भाइरसका कारण अर्को सुचना जारी नभए सम्मका लागि उडान तत्कालका लागि रद्द गर्नु परेको जनाएको छ।

एयरलाइन्स चीन उडानका लागि पहिले नै टिकट लिइसकेको यात्रुको पनि उडान रद्द गर्नु परेको जनाएको छ।हिमालय एयरलाइन्सका ब्रान्ड एण्ड सर्भिस इम्प्रुभमेन्ट विभागका प्रमुख उज्वला दलीले हिमालखबर सँग कुरा गर्दै चीनमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण चीनका लागि सबै उडान र अवतरण तत्कालका लागि रद्द गर्नु परेको बताएकी छन्।

चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि एयरलाइन्सले १० माघमा नै तीन वटा प्रमुख सहरको उडान रद्द गरिसकेको छ।  भाइरसको संक्रमण नरोकिएपछि एयरलाइन्सले चोङचिङ र बेइजिङ सहरका लागि पनि उडान र अवतरण रद्द गर्नु परेको एयरलाइन्सले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु