पुजा र आकाश पाँचौ पटक सँगै पर्दामा

काठमाडौँ।  अभिनेत्री पुजा शर्मा र आकाश श्रेष्ठलाई पाचौँ पटक फेरी पर्दामा सँगै देखिने भएका छन्। पुजा र आकाशले पाँचौ पटक सँगै काम गर्न लागेको फिल्म ‘मन परेसी’ को विहीबार सरस्वती पूजाको अवसर पारेर भद्रकाली मन्दिरमा शुभ मुहूर्त गरिएको छ। ‘रामकहानी’ पछि यी दुई जोडीले लगातार सँगै काम गरिरहेका छन्।

निर्देशक रुपेस थिङ तामाङले निर्देशन गर्न लागेको यस फिल्ममा पुजा र आकाशसँगै बुद्धि तामाङ, रविन्द्र झा, शिशिर राणा, किरण श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहने छ। फिल्मको कथा निर्देशक तामाङले आफै लेखेका हुन्।

लभस्टोरी र एक्सन जनरामा बन्न लागेको यस फिल्म माघको तेस्रो हप्ता छायाङ्कन सुरु हुने बताइएको छ। साथै फिल्मलाई अर्को वर्ष तिजको छेकमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी रहेको छ।

अन्य सम्बन्धित समाचार:  अनमोललाई ७५ लाख अफर गरेको फिल्मको यस्तो छ नाम!