सुर र ताल जोड्दै बाजा संरक्षणमा रामप्रसाद’ (भिडियोमा हेर्नुहोस्)

साहारा लिम्बू / राजु भण्डारी। नेपाली लोकबाजा सङ्ग्राहालय त्रिपुरेश्वरमा आज सयौँ लोकबाजाको धुनहरू गुन्जिरहेका छन्। अनि सङ्ग्रहित छन्। पश्चिमा बाजाको थिचोमिचोले नेपाली मौलिक लोकबाजा चेपुवामा परेको धादिङका रामप्रसाद कँडेललाई कुनै पनि हालतमा चित्त बुझेको थिएन। त्यसैले उनै रामप्रसादको बाजा सङ्कलन र सङ्ग्रहमा कति पसिना चुहिए बेहिसाब कथा लामो हुनसक्छ।

नेपाली लोकबाजा संरक्षणमा देशका कुनाकुना पुगेका उनै रामप्रसादले बाजा खोजे, ल्याए अनि सङ्ग्रह गरे। सङ्ग्राहालयका हरेक कोठा भर्न कैयौँ वर्ष देशको अनेक भूगोल घुमे । रामप्रसाद भन्छन्, गाउँघरमा अव काम छैन् भनेर फालिएका बाजागाजालाई यहाँसम्म लेराएर मर्मत गरि जर्गेना गरेका छौं।’  सङ्गीत गुरु स्वामी अखानन्द सरस्वती प्रति सर्मपीत गर्दै रामप्रसादले सङ्ग्राहलय सञ्चालनमा ल्याएका हुन्।लोप हुने अवस्थामा रहेका बाजाहरुलाइ संरक्षण गर्ने थलो हो, नेपाली लोकबाजा सङ्ग्रहालय’।

अन्य सम्बन्धित समाचार:  काठमाडौंबाट दैलेख जाँदै गरेको बस दुर्घटना: सात जना गम्भीर घाइते

यस लोकबाजा सङ्ग्राहलय वि.सं. २०५२ सालमा स्थापना भएको हो।सङ्ग्रहालयमा ६५५ थरिका बाजा रहेका छन्। जसको कूल सङ्ख्या १३५० रहेको छ। विश्वभरकै पर्यटकको लागी आकर्षणको केन्द्रको रुपमा रहेको यस लोकबाजा सङ्ग्रहालयमा दर्जनौँ सङ्गीतप्रेमीहरू अध्ययनको लागी आउने गरेका छन्। ‘विभिन्न देशबाट अनेकथरीका पर्यटकहरू आउनु हुन्छ, सोधखोज गर्नुहुन्छ, हामी नेपाली बाजाको सबैपक्षको बारेमा जानकार दिन्छौ।’ कँडेलले बताए। मुख्यगरि नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा बाजाको बारेमा जानकारी दिने लोकबाजा सङ्ग्रहालय बाहिरबाट हेर्दा जति र्जीण देखिन्छ भित्र पुगेर हेर्दा उतिनै अव्बल छ, अनि सुर र तालको धनी छ। जहाँ अनेक संगीतका सुर र तालहरूको भेट भएको छ।

नेपाली लोकबाजा सङ्ग्रहालयको थालनीमा एक्लै रहेका धादिङ मलेखुका उनै रामप्रसाद कँडेललाई साथ छ अन्य साथीहरूको पनि। त्यसैले यही बाजाहरूको मायाले नैकापबाट बिहान सबेरै त्रिपुरेश्वरसम्म डोहोराँउछ उनलाई।

अन्य सम्बन्धित समाचार:  बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्ने युवक पक्राउ

बाजा संरक्षणको प्रयास त भयो अव विस्तार र भोलिको निरन्तरताको लागी सरकारलाई हस्तान्तरण गर्ने एउटै ध्येय मनभरि साँचेर बसेका छन् रामप्रसादअनि उनीजस्तै दर्जनौँ सङ्गीतप्रेमी मनहरू। नेपालका सयौँ बाजाहरूको संरक्षणमा लागेको मनहरूलाई राज्यले उपहास नगरोस् यही कामना।

सुर र ताल जोड्दै बाजा संरक्षणमा रामप्रसाद’ (भिडियोमा हेर्नुहोस्)