सुनको सिक्री लुट्ने दुई जना पक्राउ

काठमाडौँ। काठमाडौंको नयाँ बसपार्कस्थित सडकमा हिँडिरहेका एक व्यक्तिको गलामा लगाएको सुनको सिक्री लुट्ने दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा लम्जुङ्गको सुन्दरवजार नगरपालिका ७ घर भई काठमाडौं महानगरपालिका २६ मित्रनगर वस्ने २७ वर्षीय मन वहादुर घर्ती र मकवानपुरको मनहरी गाउँपालिका ३ घर भई बालाजु बस्ने ३१ वर्षीय सुविना राई रहेका छन्।

काठमाडौं महानगरपालिका २६ नयाँ बसपार्कस्थित सडकमा हिँडिरहेको अवस्थामा घर्ती र राईले वाग्लुङ्गको वरेङ गाउँपालिका २ का २४ वर्षीय प्रकाश दर्जीले लगाएको साढे १ तोलाको सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सुनको सिक्री लुट्ने क्रममा घर्ती र राईले दर्जीलाई हातपात गर्नुका साथै लछारपछार समेत गरेको प्रहरीले जनाएको छ।लुटिएको सुनको सिक्रीसहित दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाख बढीको क्षति