प्रधानमन्त्री ओलीद्वारा सहिदप्रति श्रद्धाञ्जलि अर्पण

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले  सहिद दिवसका अवसरमा लैनचौरस्थित  सहिद स्मृति पुगी सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा गठित सहिद सप्ताह मूल समारोह समितिले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले ज्ञातअज्ञात सहिद प्रति पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका हुन्।

यसअघि बिहान ८ः३० बजे शान्तिबाटिका रत्नपार्कबाट शुरु भएको प्रभातफेरीमा सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोलीको सहभागितामा बिहान ९ बजे  सहिद स्मारक पुगेको थियो।

अन्य सम्बन्धित समाचार:  रुपन्देहीमा नेपाल पक्षको समानान्तर कमिटी