यसरी मनाइयो सरस्वती पुजा तथा अक्षराम्भ(भिडियोमा हेर्नुहोस)

काठमाडौँ।   प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइएको छ। काठमाडौँको स्वयम्भुमा रहेको सरस्वती मन्दिरमा पनि आज दर्शनार्थीहरुको निकै घुइचो रहेको थियो।

वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ। विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ। आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ।

भिडियोमा हेर्नुहोस

अन्य सम्बन्धित समाचार:  बादलले लिए दौरासुरुवालमा पद तथा गोपनियताको सपथ