‘हेर न सहिदहरुलाई आज तिनको बलिदान खेर गएको……

गीताञ्जली अधिकारी। सहिद देश र जनताको हुन्छ। तर अफसोच जसरी उहिल्यको ‘शहिद’ शब्दको ‘श’ पातलो ‘स’ भयो त्यसरी नै सहिदहरु पनि पीडित भएको आभाष गर्न सकिन्छ। नेपालको विभिन्न कालखण्डमा देश र जनताको हक अधिकारका लागि थुप्रै व्यक्ति सहिद भएका छन्। जो व्यक्ति देश र जनताको हकअधिकारको लागि अमर हुन्छन्। त्यसलाई सहिद भनिन्छ। सहिदको सम्झनामा विसं २०१२ सालदेखि सहिद दिवस मनाइदै आएको छ।

तर सरकारसँग आधिकारिक रूपमा नै सहिदको तथ्यांक छैन। जति सहिद घोषणा भए सबै पार्टी, क्षेत्रलगायतका हिसाबले गरिएका छन् । सहिद देश र जनताको हुन्छ। तर अफसोच जसरी उहिल्यको शहिदको ‘श’ जसरी पातलीएर ‘स’ भयो त्यसरी नै सहिदहरु पनि पीडित भएको आभाष गर्न सकिन्छ।

पन्चायत अन्त्य भई लोकतन्त्र गणतन्त्र आईसक्दा पनि दलहरू आपसी झैझगडामा मात्र तल्लीन भएका छन् । कसैले तेरो र मेरो भन्दैमा हुने होइन। यसले केबल व्यक्तिगत स्वार्थमा मात्र केन्द्रीत हुनेछ । सहिदको कुनै मूल्य हुदैन । तर लोकतन्त्रपछि मुलुकमा भने झैझगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत सहिद घोषणा गरिनुपर्ने र रू १० लाख आर्थिक सहयोेगको लागि दबाब दिने प्रचलनले साँचो सहिदको भावनामा ठेस पुगिरहेको छ।

अन्य सम्बन्धित समाचार:  एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु
नेपालमा सहिद दिवस विविध कार्यक्रम गरि मनाइन्छ। तर सहिद दिवस केवल औपचारिकतामा मात्र सीमित छ। सहिदको सम्मानको नाममा खिल्ली मात्र उडाइदै आएको छ।

वर्षमा एकदिन चारैतिर सहिदको गुनगान गाएर सहिद दिवस नामको रूपमा मनाउनुभन्दा पनि। नेपालको पहिलो सहिद लखन थापा र प्रजातन्त्र स्थापना गर्न अमर भएका गंगालाल श्रेष्ठ, दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमाकोे सपना पूरा गर्न वर्षभरि लाग्नु जरूरी छ। अनि मात्र बास्तवमा सहिदको कदर हुन्छ।