बाँके। प्रेस स्वतन्त्रता सेनानी पन्नलाल गुप्त चाचाजिको बुधबार राती निधन भएको छ । नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष समेत रहनुभएका ९२ बर्षको उमेरमा निधन भएको हो । किरण साप्ताहिकका सम्पादकको रुपमा चाचाजी जीवनको उत्तरार्धमा पनि साईकल चलाएर युवा पुस्ता संगै समाचार संकलनमा खट्ने गर्दथे। लामो समयदेखि थलिएका चाचाजिलाई थप समस्या आएपछी आज अस्पताल पुर्याइएकोमा निधन भएको हो।
२०७६ माघ १६ गते, बिहीबार, ०६:४० बजे प्रकाशित