तनहुँ। तनहुँको ब्यासनगरपालिकाद्वारा आयोजित तेस्रो ब्यास अल्ट्रा म्याराथन दौडको उपाधि सोलुखुम्बुका सुमन कुलुङ्ले हात पार्न सफल भएका छन्। उक्त दौड प्रतियोगितमा सहभागी ६० जना धावकलाईपछि पादै कुलुङले प्रथम स्थान हासिल गरेका हुन्।
ब्यासनगरपालिका– ५ स्थित मानुङकोटदेखि पुलिम¥याङसम्मको करीब ४४ किलोमिटर दूरी उहाँले दुई घण्टा ५९ मिनेटमा पार गरी उक्त स्थान हासिल गरेका हुन्।
त्यसैगरी कालीकोट जिल्ला घर भई नेपाली सेनाका देवराज महतराले तीन घण्टा दुई मिनेटमा पार गरी द्वितीय र भोजपुर जिल्ला घर भई नेपाली सेनाकै तीर्थ तामाङले तीन घण्टा तीन मिनेटमा दूरी पार गरी तृतीय स्थान हासिल गरेका हुन्।
प्रतियोगतामा विजयी खेलाडीलाई क्रमश रु ८१ हजार ७६, रु ६१ हजार ७६ र रु ५१ हजार ७६ को साथै प्रमाणपत्र प्राप्त गरेका छन्। कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंह र ब्यासनगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले विजयी खेलाडीलाई संयुक्त रुपमा नगद तथा प्रमाणपत्र प्रदान गरे।