मौसम पूर्वानुमानः हल्का वर्षाको सम्भावना

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) दिउँसो हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। मौसमको पूर्वानुमान सूचना जारी गर्दै महाशाखाले हाल नेपालमा निम्न चापीय प्रणालीको प्रभाव रहेको छ। भने देशका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली भइरहेको जनाएको छ।

देशको मध्य र पूर्वी पहाडी क्षेत्रमा आंशिक र सामान्य बदली भएको छ भने मध्य र पूर्वी तराईका क्षेत्रमा हुस्सु लागको छ । यसैगरी पश्चिमी भूभागका केही स्थानमा भने हुस्सु लागेको छ।

महाशाखाका अनुसार दिउँसो भने देशको पूर्वी भू–भाग लगायत मध्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू–भागमा आंशिक बदली रहनेछ। पुर्वी तथा मध्य पहाडी भू–भागका एक दुई स्थानमा अपरान्ह पश्चात हल्का बर्षाको सम्भावना रहेको छ।

अन्य सम्बन्धित समाचार:  होटल तथा रेष्टुरेन्ट बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न पाइने

त्यस्तै, राति देशको पहाडी भू–भागमा आंसिक बदली रहि बाँकी भू भागमा मौसम सामान्यतया सफा रहनेछ।