सलमानलाई गोवा प्रवेशमा प्रतिबन्ध लगाउन माग

काठमाडौं। बलिउडका चर्चित अभिनेता सलमान खानलाई गोवा प्रवेशमा प्रतिबन्ध लगाउँन माग गरेका छन्। गोवा एयरपोर्टमा अभिनेता खानसँग सेल्फी खिच्ने क्रममा एक फ्यानको फोन खोसेको भिडियो भाइरल भएको थियो।

अभिनेता खानबाट दुरव्यवहार भए पछि उनलाई गोवा प्रवेशमा प्रतिबन्ध लगाउनु पर्ने माग काँग्रेस निकट भारतीय विद्यार्थी सङ्घले गरेका छन्। यस कुरलाई उनीहरूले गोवाका मुख्यमन्त्री प्रमोद सावन्तलाई बुझाएको पत्रमा उल्लेख गरिएको छ।

अभिनेता सलमान खानले आक्रोशित हुँदै एक फ्यानको फोन खोसेको घटना प्रति माफी नमागे सम्म उनलाई गोवा प्रवेशमा प्रतिबन्ध लगाउनु पर्ने माग राखेका छन्।

साथै भारतीय जनता पार्टीका गोवा सचिवले पनि सलमान खानलाई सार्वजनिक रुपमा माफी माग्नु पर्ने बताएका छन्। उनले सलमान खानलाई सम्बोधन गर्दै ट्वीट गरेका छन्, ‘सेलिब्रेटी भएका कारण फ्यानहरूले तपाइसँग सार्वजनिक स्थानमा सेल्फी लिन्छन्। तपाइले गर्नुभएको व्यवहार अपमानजनक लाग्यो त्यसैले तपाईंले सार्वजनिक रुपमा माफी माग्नु पर्छ।

अन्य सम्बन्धित समाचार:  अनमोललाई ७५ लाख अफर गरेको फिल्मको यस्तो छ नाम!