आठ महिनापछि फिल्ममा अनुबन्धित् वर्षाको तामझाम (फोटो फिचर)

काठमाडौं। अभिनेत्री वर्षा राउतले केही दिनअघि फिल्म ‘दुई नम्बरी’मा अनुबन्ध भइन्। उनी करिव ८ महिनाको ग्यापपछि नयाँ फिल्ममा अनुबन्ध भएकी हुन्। अभिनय यात्रामा केही असफलता ब्यहोरेकी वर्षाले आफू असफलता ब्यहोर्न भन्दा राम्रो स्क्रिप्ट हेरेर काम गर्ने तयारीमा रहेको बताउँदै आएकी थिइन्।

सायद वर्षालाई फिल्म निर्देशक तथा लेखक दिपेन्द्र लामामा भरोसा जागेर हुनुपर्छ उनले ‘दुई नम्बरी’मा भने काम गर्न राजी भइन्। फिल्म निर्माण घोषणा कार्यक्रममा वर्षाको उपस्थिति उत्साहजनक थियो। ८ महिनाबाट रोकिएको फिल्मी यात्रा तय गर्न वर्षा एकहिसाबले आतुर देखिन्थिन्।

यद्यपि लामो समयसम्म फिल्ममा अनुबन्ध नभएको प्रति सञ्चारमाध्यमले दिएको प्रेसरका बारेमा असन्तुष्टि पोख्न भ्याइन्। योसँगै उनले नेपाली फिल्ममेकरले महिला प्रधान फिल्म बनाउन उत्साह नदेखाएको प्रति पनि असन्तुष्टि जनाइन्।

आफूलाई महिला प्रधान फिल्ममा काम गर्ने मन भएको उल्लेख गर्दै उनले भनिन्,‘यहाँ महिलाप्रधान फिल्ममा पैसा हाल्न निर्माताहरू नै डराउँछन्। सायद दर्शकलाई पनि त्यस्तो फिल्म हेर्न मन नलाग्दो हो। त्यहीभएर त हलमा त्यति चल्दैन। पैसा हालेपछि प्रोड्युसरको पनि रिटर्न आओस् भन्ने चाहना हुन्छ। त्यसैले उनीहरूले यस्तो फिल्म बनाउन डराउँछन्।’

फिल्म निर्माण घोषणा कार्यक्रममा वर्षा निकै आकर्षक पहिरनमा उपस्थित थिइन्। उनै अभिनेत्री राउतका ५ आकर्षक तस्विरः