‘मनको मौलोदेखि मन्दिरसम्म’ ’आमा’को गीत सार्वजनिक

काठमाडौं। ट्रेलर रिलिज भएसँगै लोकप्रियता कमाएका नेपाली कथानक चलचित्र ‘आमा’ को एक मात्र गीत सार्वजनिक भएको छ। सरस्वती पूजाको अवसर पारेर बिहीबार निर्माण टिमले ‘मनको मौलोदेखि मन्दिरसम्म’ बोलको गीत सार्वजनिक गरेको हो।

आगामी फागुन ९ गतेलाई प्रदर्शन मिति तोकिएको यस फिल्मको गीतमा एउटी आमाले आफ्नो सन्तानको लागि गर्ने संघर्षलाई प्रस्तुत गर्न खोजिएको छ। केतन क्षेत्रीको स्वरमा रहेको यस गीतमा भुपेन्द्र खड्काको शब्द र सुवास भुसालको सङ्गीत रहेको छ।

निर्देशक दिपेन्द्र के. खनालको निर्देशनमा बनेको यस फिल्ममा सुरक्षा पन्त, मिथिला शर्मा, सरिता गिरी, मनिष निरौला, अक्ष्मी भुसाल, टीका पहारी, पदमप्रसाद पौडेल, आशान्त शर्मा लागायतका कलाकारहरूको अभिनय रहेको छ।

अन्य सम्बन्धित समाचार:  अनमोललाई ७५ लाख अफर गरेको फिल्मको यस्तो छ नाम!

सिनेमामा लेखन तथा छायाङ्कन पनि निर्देश खनाल कै रहेको छ।