राजधानीमा सार्वजनिक शौचालयको व्यवस्थापन गर्नुपर्छः आशाकुमारी विक

काठमाडौं। सांसद आशाकुमारी विकले राजधानीमा सार्वजनिक शौचालयको व्यवस्थापन गर्न माग गरेकी छन्। शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले काठमाडौं महानगरपालिकाभित्र सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले समस्या भोग्नुपरेको भन्दै उनले तत्काल सार्वजनिक शौचालयको व्यवस्थापन गर्न माग गरेकी हुन्।

चक्रपथमा चल्ने सवारीलाई पनि उस्तै पीडा रहेको उनले बताइन्। ‘शौचालय जान मन लागे जहाँ पायो त्यहीँ पार्किङ गर्न मिल्दैन र शौचालयको व्यवस्था नहुँदा महानगरको यात्रामा पानी नपिई हिँड्नुपर्ने अवस्था सिर्जना भएको छ,’ सांसद विकले भनिन्, ‘त्यसैले फास्ट्र्याकबाट सार्वजनिक शौचालयको व्यवस्थापनका लागि सभामुखमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु।’

अन्य सम्बन्धित समाचार:  सरकारलाई तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गराउन निर्देशन