छाउपडी गोठ भत्काउनु गलत हो : सांसद महत

काठमाडौँ। जुम्लाका नेकपा सांसद गजेन्द्रबहादुर महतले छाउपडी गोठमा महिलाको मृत्यु भएको भन्दै छाउपडी गोठ भत्काउनु गलत रहेको औँल्याएका छन्। उनले गैरसरकारी संस्था एनजीओले छाउपडी गोठ भत्काउने अभियान चलाएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

‘छाउपडीमा एक दुइजनाको मृत्यु भयो भनेर हाम्रोतिर छाउगोठहरु भत्काउन थालिएको छ। अस्ति होटलमा आठजनाको मृत्यु भयो अब होटलहरु भत्काउने ? बसमा मान्छे मर्छन्, अब बस भत्काउने ?’

एनजीओको सहयोगमा स्थानीय प्रशासनको समेत सहभागितामा सुदूरपश्चिम र मध्यपश्चिमका जिल्लामा चलेको छाउगोठ भत्काउने अभियानको उनले विरोध गरेका हुन्।

शुक्रबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै नेकपाका सांसद महतले सुरुमै गाउँतिर चलेको उखान ‘काम पाइनस् बुहारी।’ जस्तै अहिले हाम्रो गृह मन्त्रालय यस्तै छ’ भन्दै आक्रोश व्यक्त गरेका थिए।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता