प्रियङ्का र आयुष्मानले फागुनमा लगन गाँठो कस्ने

काठमाडौं। अभिनेत्री प्रियङ्का कार्की र अभिनेता आयुष्मान् देशराज जोशीको विवाह आगामी फागुनमा हुने पक्का भएको छ। गएको वर्ष नै दुई पटक इङ्गेजमेन्ट गरेका उनीहरूको फागुन १७ गते साइत राम्रो भएको कारण त्यही दिन विवाह  गर्ने भएका हुन्।

फिल्म ‘कथा काठमाण्डु’ बाट उनीहरूको प्रेम सुरुवात भएको थियो। उनीहरूको जोडीलाई ‘आयांका’ पनि भनेर चिन्ने गरिन्छ। प्रियङ्का र आयुष्मान यसै वर्षको असारमा विवाह गर्ने तयारीमा थिए। तर दुवै पक्षको पारिवारिक समय नमिले पछि उनीहरूको विवाह रोकिएको थियो। केही समय अगाडि प्रियङ्काले यो वर्ष विवाह नहुने बताएकी थिइन्।

तर, केही समय अगाडि मात्र प्रियङ्का आफ्नो नजिकका केही साथिहरुसँग ब्याच्लोरेट पार्टी मनाउन थाइल्याण्ड प्रस्थान गरेसँगै उनीहरूको विवाहको चर्चा चलेको थियो। दुई पटक इङ्गेजमेन्ट भइसक्दा पनि विवाह हुन नसक्दा उनीहरूको विवाह नै नहुने भनेर कतिपयले अडकलबाजी गरेका थिए। तर अब भने उनीहरु यही फागु १७ गते विवाह गर्ने भएका छन्।

अन्य सम्बन्धित समाचार:  अनमोललाई ७५ लाख अफर गरेको फिल्मको यस्तो छ नाम!