गृहसचिव राईले दिए राजीनामा

काठमाडौं। गृहसचिव प्रेमकुमार राईले पदबाट राजीनामा दिएका छन्। यही माघ २२ गतेबाट अनिवार्य अवकास पाउन लागेको राईले अनिवार्य अवकास पाउनुभन्दा दुई दिन अगाडिबाट लागू हुने गरी पदबाट राजीनामा दिएका हुन्।

सचिव राईले मुख्यसचिव लोकदर्शन रेग्मी समक्ष राजीनामा बुझाएका हुन्। लामो समय गृह मन्त्रालयमा रहेका सचिव राई कम विवादित सचिवका रुपमा परिचित छन्।

उनको राजीनामा सँगै गृहसचिवका दागि दौडधुप समेत सुरु भएको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  गृहमन्त्री बादल थापाको राष्ट्रिय सभाको संसद पद गुम्यो