एसएसपी सौरभ राणा निलम्बित

काठमाडौं। यौन दुर्व्यवहारको आरोप लागेपछि गृह मन्त्रालयले नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० सौरभ राणालाई निलम्बन गरेको छ।सचिवस्तरीय बैठकले बिहीबार उनलाई निलम्बनको निर्णय गरेको गृहप्रवक्ता केदारनाथ शर्माले बताए।

संघीय प्रहरी एकाइ धरानमा कार्यरत राणाविरुद्ध एक महिलाले यौन दुर्व्यवहारको उजुरी दिएकी थिइन्। ती महिलाले कात्तिकमा प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयमा उजुरी दिएकी थिइन् । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले घटनाबारे अनुसन्धान सुरु गरेको छ।

अन्य सम्बन्धित समाचार:  रसुवामा टिपर दुर्घटना, २ जनाको मृत्यु