वायुसेवा निगमले तिर्‍यो १ अर्ब १ करोड ऋण

काठमाडौँ। नेपाल वायुसेवा निगमले जहाज खरिद गर्दा लिएको ऋणको किस्ता भुक्तानी गरेको छ। निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट दुई ओटा वाइडबडी र न्यारोबडी खरिद गर्दा लिएको ऋणको पुष मसान्तमा भुक्तानी गर्नुपर्ने किस्ता बापतको रुकम तिरेको हो।

निगमले १ अर्ब १ करोड ४१ लाख ६४ हजार तीन सय त्रियानब्बे रुपैयाँ भुक्तानी गरेको छ। दुई ओटा वाइडबडीको किस्ता रकम ६६ करोड ५५ लाख ९९ हजार ७ सय ७० र न्यारोबडीको ३४ करोड ८५ लाख ६४ हजार ६ सय २३ रुपैयाँ तिरेको छ।

नेपाल एयरलाइन्सले जहाज किन्दा लागेको ऋणको किस्ता हरेक तीन(तीन महिनामा भुक्तानी गर्नुपर्छ। निगमले गएको असार र साउनमा दुई ओटा वाइडबडी जहाज ल्याएको थियो।

अन्य सम्बन्धित समाचार:  फेरी बढ्यो सुनको मूल्य, तोलाको कति?

लगानी कोष र सञ्चय कोषबाट नौ प्रतिशत ब्याजदरमा २४ अर्ब रुपैयाँ ऋण लिएर दुई ओटा वाइडबडी विमान खरिद गरेको थियो भने झण्डै ८४ करोड रुपैयाँमा न्यारोबडी खरिद गरेको थियो।

न्यारोबडीको उडान नाफामा भए पनि वाइडबडीले गन्तव्य नपाउँदा निगमले ठूलो नोक्सान ब्यहोर्दै आएको थियो । लगानी कोष र सञ्चय कोषले अघिल्लो आर्थिक वर्षसम्मको किस्ता तिर्न नसकेपछि निगमले तिर्नुपर्ने ब्याजलाई स्याजमा परिणत गरेका थिए।