रुकुम देवल संरक्षणको पर्खाइमा (भिडियोमा हेर्नुहोस्)

रुकुम। बाईसे तथा चौविसे राज्यका समयका अवशेषहरु लोप हुँदैछन्। रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको वडा नम्बर तीनमा रहेका अवशेषहरु समेत सरोकारवाला निकायको उपेक्षाको शिकार भएको देखिन्छ।

रुकुमपश्चिमका लापुलेगाउँमा रहेको ढुंगैढुंगाले बनेको जहारीकोटे ऐतिहासिक देवल जगतीश्वरे महाराजको एक अवतारका रुपमा परिचित छ। जहारीकोटे ढुङ्गे देवल रहेको स्थानमा भएको शिवालयमन्दिरमा प्रत्येक वर्षको शिबरात्रीको दिन पुजापाठ तथा मेलालाग्ने गर्दछ ।

करिब दुईसयवर्षअघि ढुङ्गा कुदेर निर्माण गरिएको ढुङ्गे देवल जाजरकोटका राजा दिपनारायण शाहको पहलमा बनाईएको स्थानीय बुढापाकाको कथन छ। यस ऐतिहासिक जहारीकोटे ढुङ्गेदेवल वर्षैपिच्छे जिर्ण बन्दै जाँदा संरक्षणमा चासो नदिएकोमा भने चिन्तीत छन् बुढापाका।

करीब चार मिटर उचाई रहेको ढुङ्गेदेवल केहीवर्ष अघिबाट ढल्किंदै गएको छ भने देवल भएको जमिनको केही भाग भाँसिंदै गएको छ। बाईसे चौबिसे राज्यको ऐतिहासिक चिनारी अवशेषको रुपमा समेत नरहने गरी हराउने अवस्थामा पुग्नु सुखद पक्ष हैन।
स्थानीय सरकार यसको संरक्षण र व्यवस्थापनकालागि जुटिरहेको चौरजहारी नगरपालिका–३ का वडाध्यक्ष लालबहादुर बुढाले बताए। जहारीकोटे ढुङ्गेदेवल बाईसे चौविसे राज्यका पालामा बनेका कारण प्राचीन महत्व बोकेको स्थान हो। उचित संरक्षणको पर्खाइमा छ यो ढुङ्गेदेवल।
रुकुम देवल संरक्षणको पर्खाइमा (भिडियोमा हेर्नुहोस् )

अन्य सम्बन्धित समाचार:  प्यूठान जिप दुर्घटना (अपडेट)— मृतककाे संख्या ५ पुग्यो