‘बुस्ट’ गरेर विज्ञापन गर्नु अवैधानिक’ -नेपाल राष्ट्र बैंक

काठमाडौं। सामाजिक सञ्जालमा विदेशी मुद्रा खर्च गरेर विज्ञापन गर्न नपाइने भएको छ। नेपाल राष्ट्र बैंकले उक्त कार्यमा कडाइ गरेको जनाएको छ। फेसवुक, ट्वीटर, यूटुब जस्ता सामाजिक सञ्जालमा ‘बुस्ट’ गरेर विज्ञापन गर्दा अवैधानिक तरिकाले भुक्तानी भएको भन्दै राष्ट्र बैंकले सामाजिक सञ्जालमा विज्ञापन नगर्न सचेत गराएको हो।

अब सामाजिक सञ्जालमा विज्ञापन गरी रकम भुक्तानी गरे मुद्रा अपचलनको मुद्दा लाग्ने राष्ट्र बैंकले बताएको छ। सामाजिक सञ्जालमा गरिएका विज्ञापन वापत विदेशमा भुक्तानी पठाउने र विदेशबाट रकम प्राप्त गर्ने चलन गैर कानूनी भएको बैंकले जारी गरेको सूचनामा जनाइएको छ। कथम कदाचित भुक्तानी गरे विदेशी ऐन अनुसार कारबाही हुने जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  कर्णाली प्रदेश– काँग्रेसले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने