रुपन्देहीमा भएको मोटरसाइकल दुर्घटनामा दुइ जनाको मृत्यु

रुपन्देही। रुपन्देहीमा भएको मोटरसाइकल दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ। सैनामैनामा मोटरसाइकलसग स्कुटर जुध्दा दुई जनाको मृत्यु भएको हो। एक जना गम्भीर घाइतेको स्थानीय बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। लु.४२. प. ७०९६ र लु ३५ प ५०१९ नम्बरको मोटरसाइकल र लु.२४.प ७४७२ नम्बरको स्कुटर एकआपसमा जुध्दा २ जनाको घटनास्थलमै मृत्यु भएको बुटवल प्रहरीले बताएको छ। मृत्यु हुनेको सनाखत भएको छैन।