ताप्लेजुङ साँझ सम्पन्न, कलाकारहरुका लागि तीन लाखको अक्षय कोष घोषणा

 

अन्जु सेन्चुरी / साहारा लिम्बु। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रि योगेश भट्टराईले ताप्लेजुङका कलाकारहरुका लागि तीन लाखको अक्षय कोष घोषणा गरेका छन्।

काठमाडौंमा आज ताप्लेजुङ सरोकार केन्द्रले गरेको ताप्लेजुङ साँझ कार्यक्रममा मन्त्रि भट्टराईले उक्त रकम पत्रकार महासंघ ताप्लेजुङले जतिबेला अक्षय कोषको रुप धारणा गर्छ सोहि बेला महासंघलाई समर्पित गर्ने घोषण गरेका छन्।

सांस्कृतिक र सांगीतिक प्रर्वद्धनसँगै पर्यटन वर्ष २०२० लाई समेत मध्यनजर गरेर आयोजना गरिएको कार्यक्रममा चर्चित गायक राजेशपायल राई, चर्चित हाँस्य कलाकार मनोज गजुरेल, मेलिना राई, झुमा लिम्बू, कुसल थलङ, कञ्चन थलङ, पदम राई, मोहन मादेन, विरेन्द्र श्रेष्ठ, तारा थेवे लगायतका कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए।

अन्य सम्बन्धित समाचार:  म्याग्दीमा न्यायाधीश नहुँदा अदालतको सेवा प्रभावित

 

कार्यक्रमले ताप्लेजुङका कलाकारहरुलाइ अक्षयकोष स्थापनाको साथै शिक्षाबाट बञ्चित बालबालिकाहरुलाई छात्रावृत्ति प्रदान गर्ने उद्देश्य राखेको आयोजकको भनाइ छ।

कार्यक्रममा च्याब्रुङ नाच, धान नाच, स्याब्रु नाच लगायतका विभिन्न सांस्कृति प्रस्तुति देखाइएको थियो। साथै ताप्लेजुङ झल्कने वृत्तचित्र पनि प्रर्दशन गरिएको थियो।

ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्ता साँवाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको संयोजक बलबहादुर तामाङले गरेका थिए भने संगीत संयोजन माधव प्रधान र अशोक राईले गरेका थिए।

ताप्लेजुङ साँझ सम्पन्न, कलाकार र पत्रकारहरुका लागि तीन लाखको अक्षय कोष घोषणा

ताप्लेजुङ साँझ सम्पन्न, कलाकार र पत्रकारहरुका लागि तीन लाखको अक्षय कोष घोषणा

Nepali Patrika नेपाली पत्रिका ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಶುಕ್ರವಾರ, ಜನವರಿ 31, 2020