काठमाडौं। नेपाली गीत सङ्गीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल चर्चित युवा गायक तथा मोडल गणेश साउद जिसीको आवाज तथा अहिलेका चर्चित युवा र्यापर कार्की जि को र्याप समेटिएको नया गीत फोरजीको स्पीड“ सार्वजनिक भएको छ। भिडियो गणेश साउद जि सि को अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो।
गायक जि सिको शब्द रचना तथा सङ्गीत रहेको गीतमा सुमन केसीको सङ्गीत संयोजन रहेको छ। गीतको म्युजिक भिडियोमा युवा पुस्ताका चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन तथा कोरियाग्राफी रहेको छ। भिडियोमा मिलन विश्वकर्माका सम्पादन रहेको छ भने नरेश ऐरको छायाङ्कन रहेको छ।
म्युजिक भिडियोमा करिश्मा ढकाल, गणेश साउद जिसी र र्यापर कार्की जिको अभिनय रहेको छ। पछिल्लो समय युवाहरूमा चर्चित हुन सफल गायक गणेश साउद जि सि ले यस अघि विभिन्न गीत तथा आफ्ना रचनाहरू बजारमा ल्याइसकेका छन्।