दिल्ली विमानस्थलमा रोकिएका करणवीर नेपाल आइपुगे

काठमाडौं। चर्चित भारतीय टेलिभिजन कलाकार करणवीर बोहरा नेपाल आइपुगेका छन्। बिना पासपोर्ट नेपाल आउन लाग्दा एयर इन्डियाका कर्मचारीबाट दिल्ली विमानस्थलमै रोकिएका उनी शुक्रबार नेपाल आइपुगेका हुन्।

काठमाडौंको त्रिभुवन विमानस्थल आइपुगेलगतै करणले विमानस्थलमा रहेको सेल्फी पोइन्टमा तस्विर खिच्दै आफू नेपाल आइपुगेको जनाउन ट्वीट गरेका छन्। उनले तस्वीरसहितको ट्विटरमा ‘चील’ लोर्लियो लेखेका छन्।

करण बिहीबार आधार कार्ड बोकेर वेबसीरीज ‘कैसीनो’ को सुटिङका लागि नेपाल आइरहेका थिए। भारत सरकारको नियम अनुसार आधार कार्डलाई हवाई यात्राका लागि आधिकारीक कागजात मानिन्दैन यसका लागि अनिवार्य पासपोर्ट हुनुपर्छ। यो प्रावधान हवाईयात्राका लागि मात्र हो। सडक यात्राको हकमा भने यो लागू हुँदैन।

नेपाल आउन रोकिए पछि करणले ट्विटरमा असन्तुष्टि जनाएका थिए। उनले ‘नेपाल जान लाग्दा दिल्ली विमानस्थलमा डिपार्ट गरियो। आधारकार्ड लिएर यात्रा गर्ने अनुमति छैन। नेपाल सरकारले यसको अनुमति दिएको छ। भने मलाई किन डिपोर्ट गरियो। एयर इन्डियाले मुम्बईबाट उडान अनुमति दिसकेपछि यहाँ किन राकियो?, भनेर ट्वीट गरेका थिए।

अन्य सम्बन्धित समाचार:  अनमोललाई ७५ लाख अफर गरेको फिल्मको यस्तो छ नाम!