कोरोनाभाइरस अपडेटः मृत्यु हुनेको संख्या २ सय ५९ पुग्यो

काठमाडौं। कोरोनाभाइरस संक्रमणका कारण मृत्युहुनेको संख्या २ सय ५९ पुगेको छ। ११,७९० संक्रमित भेटिएका छन्। मृत्यु हुने २ सय ५९ व्यक्ति सबै चीनका हुन् तर कोरोनाभाइरसको संक्रमण अहिलेसम्म विश्वका २१ देशमा पुगिसकेको छ।

शुक्रबार संक्रमणको विस्तारको स्थितिलाई ख्याल गरेर विश्व स्वास्थ्य संगठनले स्वास्थ संकटकाल नै घोषणा गरेको छ। कोरोनाभाइरस एक पछि अर्को नयाँ देशमा देखिन थालेपछि विश्व स्वास्थ्य संगठनले उक्त कदम चालेको हो।

उता अमेरिकी प्रशासनले समेत कोरोनाभाइरस प्रकोपसम्बन्धमा जनस्वास्थ्य संकटकाल घोषणा गरेको छ। यस घोषणा अन्तर्गत अमेरिकाले भर्खरै चीन भ्रमण गरेका विदेशी नागरिकलाई अस्थायी कालको लागि भिषा नदिने घोषणा गरेको छ।

चीनले अमेरिकी कदमबाट आफूहरु दुःखी बनाएको प्रतिक्रिया दिएको छ। एजेन्सी

अन्य सम्बन्धित समाचार:  नाइजरको विद्यालयमा भिषण आगलागी, २० बालबालिकाको मृत्यु