पूर्व मिस नेपाल शृङ्खला अर्को वर्ष विवाह गर्दै

काठमाडौं। पूर्व मिस नेपाल शृङ्खला खतिवडा अर्को वर्ष वैवाहिक बन्धनमा बाँधिने भएकी छन्। भ्लगर सिसन बानियाँसँग प्रेममा रहेकी पूर्व मिस नेपाल खतिवडाले यस अघि प्रेम सम्बन्धलाई लुकाउदै आएकी थिईन्।

तर, सत्य कुरा लुकाएर लुकान सकिन्दैन। मिडियामा उनीहरूलाई पछ्याउनेको सङ्ख्या बढे पछि उनीहरूको प्रेम सम्बन्ध घुपचुप रहन सकेन। पारिवारिक श्रोतका अनुसार उनीहरूको विवाह २०७७ अर्थात अर्को वर्षमा हुने भएको छ। खतिवडा २०१८ की मिस नेपाल हुन्। उनलाई मिस वल्र्डको दाबेदार पनि मानिएको थियो। तर उनी मिस वल्र्डको टप ११ सम्म मात्र पुग्न सफल भएकी थिइन्।

यो जोडीको प्रेम सम्बन्धको चर्चा शृङ्खला मिस वल्र्डका लागि चीन जान अघि नै मकवानपुरमा तयार पारिएको एक डकुमेन्ट्रीका कारण भएको थियो। उनीहरु विदेश यात्राहरूमा प्राय एकै साथ देखिन्छ। यो भन्दा केही समय अघि टर्कीको इस्तानबुलमा यो जोडी सँगै पुगेका थिए। त्यहाँ लिएका तस्बिरहरू खतिवडा र बानियाँले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।

टर्कीमा रहँदा शृङ्खला सिसनको अङ्गालोमा बाँधिएको तस्विर बाहिरिए पछि यी दुईको गहिरो सम्बन्धको बारे चर्चा चलेको थियो। पछिल्लो समय यी दुईको प्रेम झाँगिएको छ। श्रृङ्खलाले भने आफू सिङ्गल रहेको बताउँदै आएकी छिन्।