आचल शर्माको विहे फागुनमा

काठमाडौँ। अभिनेत्री आचल शर्माको विहे हुने पक्का भएको छ। उनी आगामि फागुन अन्तिममा आफ्नो प्रेमि उदिप श्रेष्ठ सँग विवाह गर्दै छिन्। शुक्रबार उनले आफ्नो परिवारसँग ‘हुनेवाला दुलहि’ भन्दै केक काटेकी छिन्।

यो वर्ष नायीकाहरुको विवाहको वर्ष बनेको छ। यो भन्दा केहि समय अगाडि नायिक ऋचा शर्माले आफ्नो प्रेमी दिपेक्ष विक्रम राणासँग विवाह गरिन्। त्यसको एक महिना पछि नायीका प्रियंका कार्कीले पनि यहि फागुन १५ गते आफ्नो विवाहको मिति सार्वजनिक गरिन्।

उनी आफ्नो प्रेमि आयुष्मान देशराज जोशि सँग विवाह गर्दै छिन्। प्रियंकाले आफ्नो विवाहको मिती सार्वजनिक गरेको एक हप्ता नवित्दै आचल शर्माको पनि विहे हुने पक्का भएको छ।

अन्य सम्बन्धित समाचार:  अनमोललाई ७५ लाख अफर गरेको फिल्मको यस्तो छ नाम!