कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

बर्दिया। बर्दियाको बाँसगढीमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। बाँसगढी नगरपालिका ९ माछागढ चिसापानीनजिकै पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ गइरहेको कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो।

ज्यान जानेमा मोसरसाइकलमा सवार बर्दियाको बारबर्दिया नगरपालिका १० की अन्दाजी ३०र३१ वर्षीय रामकृष्णी थारु रहेको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक सोही ठाउँको अन्दाजी २८र२९ वर्षीय दुखराम थारु भने घाइते भएका छन्। शनिबार बिहान पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ गइरहेको बा ९ च ९२९१ नम्बरको कारले सोही दिशामा गइरहेको भे ९ प ७८१० नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएका थारुको कोहोलपुर मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बाँसगढीले बताएको छ।

अन्य सम्बन्धित समाचार:  कोहलपुर दुर्घटना: मृतक मध्ये ४ जनाको सनाखत

कार चालक पर्वतको मोदी गाउँपालिकाका सुनिल गुरुङ र कार प्रहरीको नियन्त्रणमा रहेको छ।