नेकपा बैठकमा कार्यकारी राष्ट्रपतिदेखि नेताको सम्पत्ति छानविन सम्मका बहस

काठमाडौँ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक आज पनि जारी छ।बुधबार बाट शुरु भएको बैठकमा अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहेको छ।

१५ वटा समूह बनाएर केन्द्रीय सदस्यहरुले गरेको छलफलको निश्कर्ष टोली नेताहरुले हिजोबाट पूर्ण बैठकमा सुनाउन शुरु गरेका थिए। हिजो ११ र आज(शनिवार) ४ गरि १५ वटै समूहका टोली नेताले आआफ्नो समूहमा भएका छलफलको निश्कर्ष सुनाएका हुन्। अब पार्टी अध्यक्षले बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको छ।

समूहगत छलफलमा केही नेताले लिखित रुपमा नै सुझाव समेत दिएका थिए।समूहगत छलफलपछि पूर्ण बैठकमा आफ्ना प्रश्तुतीहरु राख्दै नेताहरुले पार्टीमा गुटबन्दी हावी भएको, नेताहरुको नाममा खोलिएका प्रतिष्ठानहरु गुटबन्दीको अखडा भएको र त्यसलाई बन्द गर्नुपर्ने सुझाव दिएका छन्। सबैभन्दा धेरै चासो र चर्चा भने अमेरिकी सहयोग एमसीसीका बारेमा नेताहरुले गरेका छन्। समूहगत छलफलमा बोल्ने अधिकांश जसो नेताहरुले एमसीसीबारे धारणा राखेका थिए भने टोली प्रमुखहरुले एमसीसीबारे हतार नगर्न सुझाव दिएका छन्।

अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेशः प्रदेशसभा बैठक माग गर्नका लागि तीन दल छलफल गर्दै

त्यसतै गरि केन्द्रीय सदस्यहरुले पार्टीका सबै तहका नेताको सम्पत्ति छानविन गर्न समेत माग गरेका छन्। त्यसका लागि शक्तिशाली आयोग बनाउन समेत माग गरिएको छ।नेकपाको जारी बैठकमा नेताहरुले शासकीय स्वरुप परिवर्तन गर्नसमेत नेताहरुले माग गरेका छन्। उनीहरुले शीर्ष नेताहरुमा शासकको शैलीको विकास हुँदै गएको भन्दै आपत्ति समेत प्रकट गरे। त्यस्तै निर्वाचन खर्चिलो भएकाले अहिलेको निर्वाचन प्रणालीको विकल्पबारे समेत छलफल गर्नुपर्ने मागसमेत बैठकमा उठेको छ। टोली नम्बर ४ का नेता जगन्नाथ खतिवडा र टोली नम्बर ज्ञद्द की नेतृ रेणु दाहालले शासकीय स्वरुप परिवर्तन गर्नुपर्ने बताएका हुन्।

त्यस्तै गरि बैठकमा कार्यकारी राष्ट्रपति व्यवस्था गर्नेतर्फ लाग्नुपर्ने आवाज पनि उठेको छ।