वनमा लागेको डढेलोमा परेर एक महिलाको मृत्यु

लमजुङ। लमजुङको क्वहोलासोँथर गाउँपालिका–९, टक्सार वनमा शुक्रबार लागेको डढेलोमा परेर एक महिलाको मृत्यु भएको छ।

वनमा लागेको डढेलोबाट क्वहोलासोँथर गाउँपालिका–८, घर भएर कास्कीको रुपा गाउँपालिका पिप्ले बस्दै आएकी अन्दाजी ३५ वर्षकी ज्योति परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, लमजुङले जनाएको छ। प्रहरीका अनुसार घरबाट पोखरा जान हिँडेकी परियारको वनमा लागेको डढेलोमा परेर ज्यान गएको हो।

डढेलोमा परेर घाइते भएकी परियारलाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेजमा लगिएको र उपचारका क्रममा शुक्रबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  पूर्वराजा ज्ञानेन्द्र स्वदेश फर्किए, विमानस्थलभित्रै ‘हाम्रो राजा हाम्रो देश’ को नारा