जुत्ताको तुना मोबाईल एपले कसिदिने

एजेन्सी। स्पोर्टस् ब्राण्ड नाइकीले ‘इलेक्ट्रोनिक्स सुज’ बजारमा ल्याएको छोटो समयमा नै लोकप्रिय भएको छ। यो जुत्तालाई सबभन्दा एडभान्स जुत्ताको रुपमा लिइएको छ। यो जुत्ता अरु भन्दा फरक रहेको छ। यो जुत्ताको तुना कस्नका लागि अव निहुरन पर्दैन। मोबाइल एपबाटै जुत्ताको तुना कस्न सकिन्छ। कत्तिको कस्ने र कत्तिको खुकुलो बनाउने भन्ने कुरा पनि मोबाईल एपले नै गर्छ। दायाँ वा बायाँ जुत्ताको तुना कस्नको लागि एपमा रहेको ‘आर’ वा ‘एल’ लाई तलमाथि गरेर जुत्ताको तुना कस्न तथा खुकुलो बनाउन सकिन्छ। एपमार्फत नै जुत्तामा बल्ने बत्ति पनि परिवर्तन गर्न सकिन्छ। त्यस्तै जुत्ताको छेउमा भएको बटमबाट पनि तुना कस्न तथा खुकुलो बनाउन सकिन्छ।

यो जुत्तामा मोटर फिट गरिएको भए पनि निकै हल्का रहेको छ। जुत्ताको मोटर चार्ज गर्नका लागि एउटा चार्जिङ प्लेट दिइएको हुन्छ। उक्त प्लेटमा राखेर टाइप सी चार्जरको प्रयोग गरेर सहजै जुत्ता चार्ज गर्न सकिन्छ। जुत्तामा रिजर्भ ब्याट्रि पनि राखिएको छ। यदि जुत्ताको ब्याट्रि सकिएको खण्डमा पनि रिजर्भ ब्याट्रि प्रयोग गरेर जुत्ता खोल्न सकिन्छ। नाइकीले यो जुत्ताको मुल्य ३५० डलर कायम गरेता पनि बजारमा छोटो समयमा नै यो संस्करणको जुत्ता सकिएको छ। ‘लिमिटेड एडिसन’ को यो जुत्ता पाउन गाह्रो भइसकेको छ। पाए ता पनि जोेडीको कारिब नेपाली १ लाख रुपैयाँको हाराहारीमा पर्छ। पहिलो पटक बजारमा ल्याईएको यो जुत्ताको विक्री बढेपछि नाइकीले ‘नाइकी एडप्ट बीबी २.०’ आउँदो फेवअरी १६ मा सार्वजनिक गर्ने भएको छ। यस संस्करणमा कम्पनीले जुत्तालाई अझै परिष्कृत गरेर बजारमा ल्याउने भएको छ।