राष्ट्रहितविपरीतका कुनै सम्झौता गर्दिनँः सभामुख

काठमाडौं। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो जिम्मेवारी पूरा गर्न सधैं सचेत हुने प्रतिबद्धता जनाएका छन्। शनिबार गृहजिल्ला सिन्धुपाल्चोकमा आयोजित बधाइ तथा शुभकामना कार्यक्रममा बोल्दै सभामुख सापकोटाले आफूले पाएको जिम्मेवारी राष्ट्रिय हितलाई केन्द्रमा राखेर पूरा गर्ने बताए।

उनले आफू राष्ट्रप्रेमी मान्छे भएकाले राष्ट्रहितविपरीतका कुनै सम्झौता नगर्ने पनि स्पष्ट पारे। लामो संघर्षपछि व्यवस्थापिकाको प्रमुख बन्न सफल भएको श्रेय जिल्लावासीलाई नै जाने उनको भनाइ थियो।

कार्यक्रममा पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले भ्रष्टाचारविरुद्ध बोल्दा आफ्नो मन्त्री पद गुमेको गुनासो गरे।

अन्य सम्बन्धित समाचार:  नेपाल समुहका चार नेता बालुवाटारमा, महासचिव पोखरेल राष्ट्रपति भेट्न शीतल निवासमा